नसक्नेहरूको उपचार खर्च सरकारले व्यहोर्छ, सङ्क्रमितकाे उपचार निःशुल्क गर्नु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय अस्पतालले कोभिड – १९ का विरामीलाई अस्पतालमा भर्ना रकम माग गरेको र रकम अभावमा उपचार गर्न नपाएकाे सम्बन्धमा मन्त्रालयको ध्यान आर्कषित भएको भन्दै गरीब, विपन्न र अशक्त, असहाय र ज्येष्ठ नागरिकको उपचार नेपाल सरकाले निःशुल्क गर्ने र सो उपचार वापतको खर्च सरकारले व्यहोर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयका तर्फबाट आसीएस कोअर्डिनेटर डा.गुणराज लोहनीले जारी गर्नु भएको विज्ञप्तिमा कुनै पनि विरामीलाई उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्नु अस्पतालकाे सेवा मर्म, स्वास्थ्यकर्मीको आचारसंहिता विपरित हुने स्मरण गराइएको छ ।

साथै, सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पतालहरु, मेडिकिल कलेजहरुले उपचार व्यहोर्न नसक्ने कोभिड – १९ का विरामीको उपचार निःशुल्क गर्न आग्रह विज्ञप्तिमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *