भियतनाममा प्रयाेग भइसकेका ३ सय ६० केजी कण्डम बिक्रिमा

एजेन्सी । भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको छ ।

सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिएको छ ।

प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको बीबीसीले समाचारमा जनाएको छ ।

उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ ।

ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको बताइएको छ ।
त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको समाचारमा उल्लेख छ ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन् ।

अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *