कोरोना महामारीकैबीच सिनेमा घरमा चलचित्र ‘शिरफूल’

काठमाडौँ । देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउँने भएको छ ।

कोरोनाको विश्व महामारीले सबै क्षेत्र प्रभावित भइरहेका बेला चलचित्र ‘शिरफूल’ वैकल्पिक माध्यमबाट प्रदर्शन हुन लागेको हो । यही असोज १६ गते डिसहोम च्यानल नम्बर १०८ मार्फत ‘शिरफूल’ प्रदर्शन हुँदैछ ।

सिधै डिसहोम सिनेमा घर, च्यानल नम्बर १०८ मा दैनिक ८ वटा ‘शो’ हेर्न सकिनेछ । विहान १, ४, ७ र १० बजे हेर्न सकिनेछ भने दिउँसो १, ४ र बेलुकी ७ तथा राती १० बजे शो राखिएको छ ।

नाइस मिडिया नेटवर्क प्रालिको व्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘शिरफूल’को निर्देशन कमल एक्चै मगरले गर्नु भएको छ ।

‘शिरफूल’मा आधुनिकताको बढ्दो प्रभावलाई मुख्य विषयवस्तु बनाइएको छ । ‘शिरफूल’ नारी प्रधान चलचित्र हो । यो चलचित्रले युवा पुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्ने प्रयत्न गरेको छ ।

प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको परिप्रेक्ष्यमा ‘शिरफूल’ले विषयवस्तुलाई गहन ढंगले उठान गरेको छ । हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ ।

सिद्धान्त एस. पौडेलको निर्माण नियन्त्रण रहेको ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिचेका हुन् । ‘शिरफूल’को छायांकन काठमाडौंसहित तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा गरिएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *