बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

थप ३७८ मा सङ्क्रमणको पुष्टि, कुल २२ हजार ५९२
काठमाडौँ । नेपालमा शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ३ सय ७८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ५६ जना काठमाडौंका र ३–३ जना भक्तपुर र ललितपुरका समेत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
आज थप ४ सय ९९ जना डिष्चार्ज भएका छन् भने हालसम्म १६ हजार ३ सय १३ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित ६ हजार २ सय ६ जना छन् ।
यस्तै मृत्यु हुनेको संख्या ७३ पुगेको छ । मृत्यु हुनेमा मोरङ, पर्सा र काठमाडौंका एक–एक जना रहेको प्रवक्ता गौतमले बताउनुभयो । ०००