काठमाडौं उपत्यकामा ६२ सङ्क्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा तीन तीन जना गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौं उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी १०६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सबैभन्दा बढी २९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडौंका चार जना, पाटन अस्पताल–ललितपुरमा काठमाडौंका पाँच जना र ललितपुरका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । त्यसैगरी, वीर अस्पतालमा काठमाडौंका एक, स्टार अस्पताल–सानेपामा काठमाडौंका १२ जना, बीआईडीएच ल्याबमा काठमाडौंका दुई तथा तथा नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौंका दुई र भक्तपुरका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल–महाराजगञ्जमा काठमाडौंका एक जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *