What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कोरोना भाइरसका ३८१ जना नयाँ सङ्क्रमित, कुल २१ हजार ३९०
What To Know
- मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८५९ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ९२५ जना क्वारेन्टिनमा छन् । सक्रिय सङ्क्रमित संख्या छहजार ६६४ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको संख्या ६० पुगेको छ ।.
- गौतमले पछिल्लो चौबीस घण्टामा १३० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार १५६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् ।.
काठमाडाैँ । कोरोना भाइरसका ३८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा उहाँले साे कुरा जनाउनुभएकाे हाे ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८५९ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ९२५ जना क्वारेन्टिनमा छन् । सक्रिय सङ्क्रमित संख्या छहजार ६६४ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा १३० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार १५६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् ।






