बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कोरोना संक्रमणबाट १८ वर्षीया युवतीको मृत्यु
पर्सा । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
झाडा पखाला लागेर मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरीकी १८ वर्षीय युवतीमा मृत्युपश्चात गरिएको स्बाव परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ ।
झाडापखालाको कारण सिकिस्त बनेकी ती १८ वर्षीय युवतीलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको थियो ।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले युवतीको स्वाब परीक्षणको गए राति रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो । साउन यता पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ०००