नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुन चादिँको मूल्य अहिलेसम्मकै महंगो, तोलाकै झण्डै १ लाख
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुन चाँदीको मूल्य हालसम्मकै महंगो भएको छ ।
शुक्रबार ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले बढेर ९६ हजार ३०० रुपैयाँ पुगेको छ ।
तेजावी सुन पनि आइतबार तोलामा ४ सय ९५ रुपैयाँले बढेर ९५ हजार ८६० रुपैयाँ पुगेको छ ।
सुन चाँदीको मूल्यले नेपालमा नयाँ इतिहास रचेको हो । चाँदी पनि आज आइतबार तोलामा पाँच रुपैयाँले बढेको छ ।
चाँदी प्रति तोला ११ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार १८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९० रुपैयाँ कायम गरेको छ ।