कोरोनाबाट अहिलेसम्म २ सय ६ जना नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा थप एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा १ सय ६१ नेपालीको कोरोना संक्रामणका कारण मृत्यु भएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कूल संक्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता संक्रमण बढेको समितिले जनाएको छ ।

संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय ६ पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *