नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको निधन
चेन्नई । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधि ९४ वर्षको उमेरमा निधन भएको छ । २२ दिनदेखि चेन्नईको कावेरी अस्पतालमा उपचाररत करुणानिधिको मंगलबार साँझ निधन भएको हो । करुणानिधिको साँझ ६.१० मा निधन भएको अस्पतालले जनाएको छ ।
अस्पतालले मंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै करुणानीधिको स्वास्थ्य अवस्था नाजुक रहेको बताएको थियो । त्यसयता अस्पताल बाहिर नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो भीड लागकोे थियो ।
न्यून रक्तचाप र पिसावमा संक्रमण देखिएपछि गत २७ जुलाईदेखि करुणानिधि अस्पतालमा उपचाररत थिए ।
करणानिधि आफ्नो जीवनकालमा ५ पटक मुख्यमन्त्री बनेका थिए । पहिलो पटक १० फेब्रअरी १९६९ देखि ४ जनवरी १९७१ सम्म, दोस्रो पटक १५ मार्च १९७१ देखि ३१ जनवरी १९७६ सम्म मुख्यमन्त्री भए । त्यसैगरी तेस्रो पटक २७ जनवरी १९८९ देखि ३० जनवरी १९९१ सम्म, चौथों पटक १३ मई १९९६ देखि १३ मई २००१, र अन्तिम पटक १३ मई २००६ देखि १५ मे देखि २०११ सम्म मुख्यमन्त्री भएका थिए ।