हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेम्वाङ र प्रचण्ड जोशीको पक्षमा, यसरी बिग्रियो खेल – बालुवाटार बैठकको झाँकी
काठमाडौं, २३ साउन । प्रधानन्यायाधीश हुने मुखमा पुगेर संसदीय सुनुवाई समितिले शैक्षिक प्रमाणपत्र सन्देहात्मक भएको भन्दै अस्वीकृत गरेपछि दीपकराज जोशी १५ दिने घरबिदामा छन् । सुनुवाई समितिको निर्णयपूर्व उनीसम्बन्धी छलफल गर्न बालुवाटारमा बसेको एउटा बैठकको झाँकी यस्तो छ-
भीम रावल, टोपबहादुर रायमाझीसहित नेकपाका सचिवालय नेताहरु बैठकमा थिए । पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सुनुवाई प्रक्रियाबाट जोशीलाई अनुमोदन गर्ने आशय व्यक्त गरेका थिए ।
छलफल चल्दा शैक्षिक प्रमाणपत्रसम्बन्धी अनेकन उजुरी आएको कारण त्यसमा छानबिन गर्ने हो कि भनेर कुरा उठे । उपसमिति बनाएर छानबिन गर्नुपर्ने योगेश भट्टराईको राय थियो । तर, त्यसो गरिँदा कारवाही गर्नेतिर लागियो भन्ने सन्देश जान्छ भन्ने भयो ।
अध्यक्ष प्रचण्डले भने, ‘भर्खर गोविन्द केसीको यत्रो लफडा सकिएको छ । फेरि अर्को लफडातिर नलागौं । आउने मान्छे पनि को हो, के हो, के भर छर ?’
अर्का अध्यक्ष तथा प्रम केपी ओलीले सुनाए, ‘आज मैले र प्रचण्डजीले दीपकराज जोशीलाई बोलाएर कुरा गर्दा प्रष्टता आएन ।’ संसदीय सुनुवाईको बीचमा पटक पटक गरेर चारपटक जोशीसँग बालुवाटारको कुराकानी भएको रहेछ । पछि खेल बिग्रियो । किनभने, उनको पक्षमा दलाल र विचौलिया यसरी लागे कि, नगर्दा भन्दा गरियो भने फँसिएला भन्नेमा नेताहरु पुगे ।
अब पुसमा चोलेन्द्र समशेर राणाको नाम सिफारिस भएर आउने नै भयो । अहिले पनि वरिष्ठताका आधारमा दीपक, ओमप्रकाश र चोलेन्द्रकै नाम क्रमशः आएको हो । त्यसआधारमा ओमप्रकाश मिश्र घर गएपछि चोलेन्द्रको एकल सिफारिस भएर आउँछ । किनभने, प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा २ वर्ष न्यायाधीश भएकै हुनुपर्छ । हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र प्रकाशमानसिंह राउनको २ वर्षे अवधि पुगेको हुँदैन, अर्को साउनमा मात्रै पुग्ने हो । जनआस्था साप्ताहिकमा खबर छ ।