उपत्यकामा १७ सहित थपिए ४८२ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको सङ्या बुधबार १४ हजार नाघेको छ । देशभरि पुष्टि भएका संक्रमितको कुल सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा १७ जनासहित थप ४८२ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कुल संक्रमित मध्ये ३ हजार ६ सय ५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा ४ सय ६२ जना निको भएको घर फर्किएका छन् । अहिले आइसोलेशनमा भएका व्यक्तिको सङ्ख्या ९ हजार ३ सय ६० रहेका छन्् । त्यस्तै अछामका ४५ वर्षीय एक पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै, काठमाडौँ उपत्यकामा एकै दिन १७ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा एक पुरूष र भक्तपुरमा तीन महिला र एक पुरूषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ८ सय ८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । प्रवक्ता गौतमले छिटै १० वटा प्रयोगशाला थप हुने जानकारी दिनुभयो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *