काठमाडौँमा १२ जनासहित थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । मंगलबार थप ६० डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीन हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ महिला र पुरूष ५१ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म २७७ महिला र २ हजार ९ सय १७ पुरूष निको भएका छन् । यस्तै, क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा दशहजार ३४१ जना रहेका छन् ।

काठमाडौँमा ७ पुरुष, महिला ५ सहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलासहित उपत्यकामा १४ जनालाई कोरोना भाइरस पुष्टि भएको छ । यो सङ्ख्या उपत्यकामा देखिएको एकैदिन कोरोना संक्रमित देखिएको अहिलेसम्मकै उच्च सङ्ख्या हो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *