काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
लकडाउन साउन ७ सम्म जारी राख्ने निर्णय
काठमाडाैँ । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेकाे भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयाे ।
उहाँले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताउनुभयो ।
साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उहाँले बताउनुभयो ।