हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
१५ हजार काे लाेभ गर्दा इन्जिनियर परे फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इन्जिनियर र कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता गरेको छ। आयोगले पचरौता नगरपालिका, बारामा कार्यरत इन्जिनियर रामप्रकाश सतरा र कार्यालय सहयोगी धुव्र महतो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भवानीपुर बाराको कम्पाउण्डवाल निर्माण गरेपछि बिल पास गर्ने क्रममा घुस मागेपछि आयोगले टोलीले पक्राउ गरेको हो।
अनुसन्धानबाट कार्यालय इन्जिनियर र कार्यालय सहयोगीले घु सलिएको खुल्न आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । उनीहरुले १५ हजार घुस लिएको बुझिएको छ ।