बाटोमा उफ्रिएर समस्या हल हुँदैन : प्रम ‌ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाटोमा उफ्रिएर छिमेकी मुलुकसँगको सीमा समस्या हल नहुने बताउनु भएकाे छ । मंगलवार बसेको मन्त्रीपषिद् बैठकमा प्रधानमन्त्री ओलीले बाटोमा उफ्रिएर सीमा समस्या समाधान नहुने भन्दै छिमेकी मुलुकसँग वार्ताको माध्यमबाट हल खोज्नुपर्ने बताउनु भएकाे हाे । उहाँले आफ्ना क्याविनेट सदस्य एवं मन्त्रीहरुलाई सीमाको विषयमा बोल्दा होस पुर्‍याउन समेत भन्नुभएकाे छ ।

साथै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भारतविरुद्ध अनावश्यक नबोल्न निर्देशन दिनुभएकाे छ । उहाँले मन्त्रीहरुलाई संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिएको एक मन्त्रीले बताए । मन्त्रिपरिषद बैठकमा सहभागि ती मन्त्रीले सडकमा प्रदर्शन गरेर तथा आवेशमा आएर समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको जानकारी दिए । भारतले तिब्ब्तको मानसरोवर जानका लागि नेपाली भूमि अतिक्रमण गरी बाटो बनाएपछि सीमा विवाद फेरि चर्किएको छ ।

त्यसको बिरोधमा सडक र सदनमा आवाज उठिरहेको छ भने राजधानी काठमाडौँसहित देशभर प्रदर्शन भइरहेको छ । ठाउँ–ठाउँमा प्रदर्शनकारीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्दा दहन गरेका छन् । यस्तै, भूमिसुधार मन्त्री पद्मा अर्याल सीमाबारे बोलेकै कारण विवादमा परेकी छन् । उनले सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तालाई लिएर सोमवारको संसदीय समितिमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावलले मन्त्री अर्यालसँग चर्काचर्की गरे । सरकारले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट पठाएको छ भने भारतीय विदेश मन्त्रालयले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको प्रतिक्रिया दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *