What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अस्पतालमा ‘नाचेर बस्ने’ रूपन्देहीका कोरोना संक्रमित डिस्चार्ज
What To Know
- बुटवल । रूपन्देहीका पहिलो कोरोना संक्रमित युवा निको भएका छन्। कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो।.
- सुदर्शन थापाले जानकारी दिए। उनको गएको शुक्रबार र सोमवार गरिएको दुबै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।.
बुटवल । रूपन्देहीका पहिलो कोरोना संक्रमित युवा निको भएका छन्। कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो।
तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले जानकारी दिए। उनको गएको शुक्रबार र सोमवार गरिएको दुबै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो। आइसोलेसन अस्पतालभित्रै गीतमा नाचेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।