What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सवारी पास लिन कडा नियम, काठमाडौँ आउन अब गृह मन्त्रालयको अनुमति लिनु पर्ने
What To Know
- काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र गतिले बढेसँगै सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान कडाई गरेको छ । गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान लिइएका ई–पास सबै रद्द गरिदिएको छ भने अब जानुपर्ने जिल्लाका प्रजिअले स्वीकृति दिएपछि मात्र पास जारी गर्ने नियम ल्याइएको छ।.
- त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। त्यसैगरी पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने पनि गृह मन्त्रालयले जारी गरेको नयाँ व्यवस्थामा छ।.
काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र गतिले बढेसँगै सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान कडाई गरेको छ । गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान लिइएका ई–पास सबै रद्द गरिदिएको छ भने अब जानुपर्ने जिल्लाका प्रजिअले स्वीकृति दिएपछि मात्र पास जारी गर्ने नियम ल्याइएको छ।
अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था पनि गृह मन्त्रालयले गरेको छ।
त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। त्यसैगरी पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने पनि गृह मन्त्रालयले जारी गरेको नयाँ व्यवस्थामा छ।
मंगलवार एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएसँगै कुल संक्रमितको संख्या १९१ पुगेको छ।
यी हुन् गृहका पाँच नियमः
१, एक जिल्लाबाट अर्कोजिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द
२, अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने।
३, अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।
४, त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।
५, पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।