बिदुर नगरपालिकाले टोलटोलमा पुगेर बाँड्यो विपन्नका लागि राहत सामाग्री

जमुना गजुरेल
नुवाकोट । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका स्थानीयलाई बिदुर नगरपालिकाले राहत सामाग्री बितरण गरेको छ । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने गरिब तथा बिपन्न वर्गलाई नगरपालिकाले १३ ओटै वडाको टोलटोलमा पुगेर खाद्य तथा दैनिक उपभोग्य अन्य राहत सामाग्री वितरण गरेको हो ।

प्रतिब्यक्ति चामल ५ केजी, दाल २ केजी प्रतिपरिवार १ प्याकेट नुन, १ लिटर तेल र साबुन २ वटा सम्बन्धित वडाका अध्यक्ष, सदस्य, कर्मचारी र सुरक्षाकर्मीको रहोबरमा सम्बन्धित वडाको टोलटोलमा पुगेर वितरण गरिएको नगरपालिकाले जनाएको छ । हालसम्म १ हजार ४ सय ९ परिवारका लागि राहात सामाग्री वितरण गरिएको छ ।

नगरपालिकाका प्रमूख सञ्जु पण्डितले संघीय सरकारले तय गरेका नीति अनुसार नै स्थानीय सरकारले नगरपालिकाभित्र रहेका अतिविपन्न परिवारको छनोट गरेर राहत वितरण गरेको बताउनुभयो ।

“नगरपालिका भित्र ज्याला मजदुरी गरेर गुजारा गर्ने नगरवासी र बाहिरबाट ज्याला मजदुरी गर्न आएका सबैका लागि र अति बिपन्न गरिब परिवारका लागि हामीले राहत सामाग्री वितरण शुरु गरेका हौँ । नगरपालिकाले कार्यविधि बनाएर तेह्रओटै वडामा राहत वितरणको काम पहिलो चरण गरिसकेका छौँ नगरपालिका रहेका १४ सय बढी परिवार यसबाट लाभान्बित भएका छन् ।” नगर प्रमुख पण्डिले भन्नुभयाे ।

लकडाउन लम्बिए फेरी अर्को चरणमा राहत सामाग्री वितरण गरिने नगर प्रमुख पण्डितले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीय अगुवाको रहोबरमा नै राहत सामाग्री बितरण गरिएकाले पारदर्शितामा आशंका नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले इटाभट्टामा काम गर्ने भारतीय नागरिकहरुका लागि पनि मानवीय नाताले कसैलाई पनि बिभेद नगरी स्थानीय सरह नै आवस्यक खाद्य सामाग्री राहत उपलब्ध गराउने बताउनुभयो ।

उहाँले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकार र स्वास्थ्त्यकर्मीले दिनएको सल्लाह बमोजिकम सतर्कता अपनाउन र लकडाउनको पालना गर्न पनि आग्रह गर्नुभयो । विदेशबाट आएका वा कोरोना संक्रमित क्षेत्रबाट आएका कोही भएर नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा बस्न आग्रह गर्नुभयो । क्वारेनटाइनमा बस्नेहरुका लागि खाना तथा उपचारको उचित व्यस्थापन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

लकडाउनको अवधिमा सुत्केरी हुनेहरुका लागि पौष्टिक आहार उपलब्ध गराउन ३ हजार रुपैयाँ एक केजी ध्यू एक क्यारेट अण्डा र अन्य पौष्टिक खाद्य सामाग्री लिएर उपप्रमुख गीता कुमारी दाहाल हरेक सुत्केरीको घरघरमा पुग्ने कार्यक्रम रहेको समेत नगरप्रमुख पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *