हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
इन्द्रसिंह खत्रीले किन महाकालीमा हाम फाले ? यस्ताे छ बयान
बीबीसी । सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम गर्न भन्दै नेपाल प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि भारतमा बस्दै आएका सैयौँ नेपालीहरू विभिन्न सीमावर्ती क्षेत्रमा जम्मा भएका छन्। सीमानाकामा रोकिएका उनीहरूले आफ्नो देश प्रवेश गर्न पाउनु पर्ने भन्दै हारगुहार गरिरहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।
तमाम प्रयासका बाबजुद आफूहरूले नेपाल प्रवेश पाउने अवस्था नदेखेपछि केहीले त दुई देशको सीमा महाकाली नदी आफैँ तरेका छन्। तिनैमध्ये एक हुन् बैतडीको डिलासैनी गाउँपालिकाका इन्द्रसिंह खत्री।
भारतको धार्चुलाबाट नेपालको दार्चुला पुग्दा जाँघेमात्रै लगाएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको तस्बिरले देशैभर चर्चा पाएको छ। बुधवार साँझ बैतडीस्थित आफ्नो गाउँ पुगेका खत्रीसँग बीबीसी न्यूज नेपालीका पत्रकार नेत्र केसीसँगकाे कुराकानीमा उनले ज्यान जाेखिममा पारेर महाकालीमा हाम फाल्नुकाे बेलिबिस्तार सुनाएका छन्,
किन ज्यान जोखिममा हाले इन्द्रसिंहले?
भारतमा मालिकले दिएको खर्च पनि सिद्धियो। खान पाइएन। त्यही भएर अब घरतिर जानु पाइन्छ कि भनेर आएको हो। तर पुलिसले रोक्यो। एक रुपैयाँपनि साथमा थिएन। भोकले छटपटियौँ।
नदीमा हाम फाल्न डर लागेन?
सानातिना नदी पहिले पनि तरेको बानी थियो। तर के गर्ने भोकले आत्तियौँ।
हाम फाल्ने योजना कसको?
त्यहाँ हामी डेढ-दुई सयजना थियौँ। हामीले मिलेर योजना बनाएका थियौँ। तर नदी तर्ने बेलामा हामी तीनजना मात्रै भयौँ। अरू अन्यत्रै गए। हामी सबै जाने भनेका थिए तर मलाई अगाडि लगाए। अरू आएनन्।
के गरे प्रहरीले?
मलाई केही पनि गरेनन्। मसँग केही पनि थिएन। भएका पुराना लुगाफाटा उता छाडेरै हाम फालेको थिएँ। एकजना प्रहरीले प्यान्ट दिए अर्कोले ज्याकेट अनि अर्कोले जुत्ता दिए। चाउचाउ र खानेकुरा खान दिए। किन यसरी नमानेर यता आएको भनेर सोधे। हल्काफुल्का सम्झाए।
अब क्वारन्टीनमा बसेको हो?
त्यो क्वारन्टीनमा बस्ने आज्ञा मानेर आएको हुँ। घरका अरूसँग पनि नभेट्नु, क्वारन्टीन तोकेको स्थानमा बस्नु भनेका छन्। म त्यसै गर्छु। चौध दिनपछि घरभित्र जान्छु।