What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाली बजारमा नम्बरी सुनकाे मूल्य इतिहासकै उच्च, कति छ ताेलाकाे ?
What To Know
- काठमाडाैँ । स्थानीय बजारमा नम्बरी सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । बिहीबारकाे तुलनामा नम्बरी (छापावाला) सुनकाे मूल्य प्रतिताेला १ हजार ८ सय रूपैयाँले बढेर ८२ हजार ५ सय रूपैयाँ पुगेकाे छ । याे नेपाली बजारमा इतिहास कै उच्च मूल्य हाे । बिहीबार ८० हजार ७ सय रूपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै तेजाबी सुनकाे मूल्य प्रतिताेला ८२ हजार २ सय पुगेकाे छ ।.
- नेपाल सुनचाँची व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा पनि परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।.
काठमाडाैँ । स्थानीय बजारमा नम्बरी सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । बिहीबारकाे तुलनामा नम्बरी (छापावाला) सुनकाे मूल्य प्रतिताेला १ हजार ८ सय रूपैयाँले बढेर ८२ हजार ५ सय रूपैयाँ पुगेकाे छ । याे नेपाली बजारमा इतिहास कै उच्च मूल्य हाे । बिहीबार ८० हजार ७ सय रूपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै तेजाबी सुनकाे मूल्य प्रतिताेला ८२ हजार २ सय पुगेकाे छ ।
चाँदी प्रतिताेला ८ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनताँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँची व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा पनि परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् । यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलो भन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।






