यूनियन लोक सेवाको परीक्षामा ३५ पटक फेल भएपछि….

एजेन्सी । सरकारी जागिर खाएर भविश्य सुरक्षित बनाउने सपना कसको नहोला र तर यो सपना सहजै सबैको पूरा हुँदैन । कतिपय पटक पटक प्रयास गर्दा पनि सफल हुँदैनन् । आमरुपमा भन्ने हो भने असफलताले मानिसलाई निराश बनाउँछ । बारम्बार हुने यस्तो निराशाले मानिसको आशा नै टुटाउँछ । तर विजय वर्धन नाम गरेका एक भारतीय युवाले यसलाई गलत साबित गर्दै सफलता हात पारेका छन् । सरकारी जागिर खाने चक्करमा ३५ पटक फेल भएपछि भारतको यूनियन लोक सेवा आयोगको परीक्षामा सफल भएका छन् ।

हालै प्रकाशित यूपीएससी सिभिल सर्भिस परीक्षामा १०४ औँ ¥याङ्क ल्याएर उनी सफल भएका छन् । भारतीय सञ्चार माध्यमहरुमा अहिले उनका बारेमा खबरहरु छापिएका छन् । उनले पटक पटकको असफलतालाई ताकत बनाउँदै अगाडी बढेर अन्तत सपना साकार पारे । यो सफलता पाउनु अघि उनले सरकारी जागिरका लागि ३५ओटा परीक्षा दिएका थिए । तर कुनैमा पनि उनलाई सफलता मिलेको थिएन । समाचार अनुसार विजयले यूपीएसी परीक्षामा पाँच एटेम्प्ट गरेका थिए भने अन्य ३० परीक्षा दिएका थिए ।

खासमा विजय सन् २०१३ मा हिसारमा इलेक्ट्रिोनिक एण्ड कम्युनिकेशन विषयमा इन्जिनियरिङ्ग पूरा गरेर दिल्ली गएका थिए । उनले लगातार ६ वर्षसम्म सरकारी जागिरका लागि थयारी गरिरहे । सरकारी जागिरका लागि हुनै सबैजसो परीक्षामा सहभागिता जनाइरहे । सफलता भने हात लागेन बारम्बार फेल भइरहे । तर पनि उनले कहिल्लै हार मानेनन् । सन २०१९ सम्ममा उनी सहभागि भएको परीक्षाको सङ्ख्या ३५ पुगिसकेको थियो । हालै सन् २०१८को यूपीएससी परीक्षाको नतिजामा भने उनी सफल भएका छन् ।

उनको प्रयास र सफलता देख्दा लाग्छ सायद उनलाई एकीन थियो आज भएन त के भो भालि जरुर सफल हुन्छु । समाचार अनुसार विजयले ग्रेड ए र ग्रेड बी का लगभग सबै परीक्षा दिएका थिए । जसमा यूपी पीएसएम, हरियाणा पीसीएस, पञ्जाव पीसीएस, एसएससी सीजीएल, एलआइसी, नाबार्ड, इसरो, हरियाणा एक्साइज इंस्पेक्टर, आरआरबी एनटीपीसी, आरबीआई ग्रेडबी लगाएतका परीक्षा दिएका थिए । यूपीएससी क्वालिभाइड विजयले इन्डिएन पुलिस सर्विभसेज(आईपीएस) रोजेको वन इन्डिया अनलाइनले जनाएको छ ।

विजयको प्रयास र सफलताबाट हामीले पनि सिक्नुपर्ने कुरा छ । प्रयास गर्न छोड्नु हुँदैन, आशा मार्नुहुँदैन, एक दिन जरुर सफलता मिल्छ एकै दिनमा वा एकै पटकमा नमिल्ला तर एक दिन पक्कै सफलता मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *