बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

ह्वात्तै बढ्याे नम्बरी सुनकाे मूल्य, दरभाउमा नयाँ रेकर्ड
काठमाडाैँ । स्थानीय बजारमा नम्बरी सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । मंगलबारकाे तुलनामा नम्बरी (छापावाला) सुनकाे मूल्य प्रतिताेला २ हजार २ सय रूपैयाँले बढेर ८० हजार ५ सय रूपैयाँ पुगेकाे छ । मंगलबार ७८ हजार ३ सय रूपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै तेजाबी सुनकाे मूल्य प्रतिताेला ८० हजार २ सय पुगेकाे छ ।
चाँदी प्रतिताेला ८ सय ८० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनताँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँची व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा पनि परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् । यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलो भन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।