हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लाेकसेवा तयारी : आजकाे वस्तुगत प्रश्नाेत्तर, खरिदार, नासु, अधिकृत सबैका लागि उपयाेगी
१. पन्ध्रौँ आवधिक योजना कहिले स्वीकृत गरिएको हो ?
विक्रम संवत् २०७६ फागुन १९ ।
२. पन्ध्राैँ आवधिक योजनामा कतिवटा रूपान्तरणकारी आयोजना समेटिएको छ ?
१८ ।
३. सातौँ टी–२० महिला क्रिकेटको आयोजक राष्ट्र कुन हो ?
अस्ट्रेलिया ।
४. राष्ट्रिय परिचयपत्र पाउनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?
१६ वर्ष ।
५. नेपालको इतिहासमा छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
सिद्धिनरसिंह मल्ल ।
६. मलेसियाको प्रधानमन्त्रीमा को नियुक्त हुनुभएको छ ?
मोहिइद्दिन यासिन ।
७. इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन कहिले भएको हो ?
सन् २०२० फेब्रुअरी २५ ।
८. अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?
सन् २०२० फेब्रुअरी ।
९. विश्व इतिहासमा ‘म्यान अफ ब्लड एन्ड आइरन भनी कसलाई चिनिन्छ ?
विस्मार्क ।
१०. विद्युत् धाराको आधारभूत एकाइ एम्पियर (ए) हो भने तापक्रमको आधारभूत एकाइ के हो ?
केल्भिन (के) ।
११. प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुई माध्यम छुट्टिने बिन्दुबाट बाङ्गिएर जाने क्रियालाई के भनिन्छ ?
प्रकाशको आवर्तन ।
१२. ‘कुशल शासकहरू भविष्यको सोचाइ गर्छन् तर नेताहरूलाई चुनावको मात्र चिन्ता हुन्छ’ भन्ने विचारक को हुन् ?
अब्राहम लिङ्कन ।
१३. सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई कहिले–कहिले विश्व सम्पदा सूचीमा सूचीकृत गरियो ?
क्रमशः सन् १९७९ र सन् १९८४ ।
१४. नेपालमा निःशुल्क प्रसूति सेवा कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
विसं २०६५ माघ १ ।
१५. नेपालको पहिलो दूतावास कहाँ खोलिएको थियो ?
बेलायत ।
१६. नेपाल कति डिग्री अक्षांश र देशान्तरबीच अवस्थित छ ?
२६ डिग्री र २२ उत्तरी अक्षांशदेखि ३० डिग्री २७ उत्तरी अक्षांश र ८० डिग्री ४ पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ पूर्वी देशान्तरबीच ।
१७. इन्द्रसरोवर कहाँ पर्छ ?
मकवानपुर ।
१८. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?
मोहन कोइराला ।
१९. भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गर्ने निर्णय गरेको हो ?
विसं २०७४ साउन १ गते ।
२०. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
शुक्ल पक्ष ।
२१. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
सेन्सस गोश्वारा ।
२२. न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को स्थापना कहिले भएको हो ?
सन् १९७४ मे ।
२३. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?
एन्जियोप्लास्टी ।
२४. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति समयको अन्तरालमा आयोजना गरिन्छ ?
प्रत्येक १० वर्ष ।
२५. नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम व्यक्ति को हुन् ?
वासुदेव त्रिपाठी ।
२६. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
बुचो ।
२७. लियोनार्दो दा भिन्चीको सबैभन्दा चर्चित सिर्जना कुन हो ?
मोनालिसा ।
२८. लोकसेवा आयोगको प्रतीक चिह्नमा उल्लिखित नारा के हो ?
योग्यता, निष्पक्षता, स्वच्छता ।
२९. ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ?
सन् २०१४ जुलाई १५ ।
३०. गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
सन् १९५५ अगस्ट २७ ।