What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सहिदको त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना संभव :राष्ट्रपति
What To Know
- सहिद दिवसका अबसरमा राष्ट्रपति कार्यालयबाट विहीबार जारी सन्देशमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा सहिदहरूप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरिएको छ ।.
- राष्ट्रपति भण्डारीले सन्देशमा सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।.
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सहिदहरूले गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनु भएको छ ।
सहिद दिवसका अबसरमा राष्ट्रपति कार्यालयबाट विहीबार जारी सन्देशमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा सहिदहरूप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरिएको छ ।
सन्देशमा भनिएको छ, “राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”
राष्ट्रपति भण्डारीले सन्देशमा सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
साथै वीर सहिदहरूको सपनालाई साकार बनाउन सबैले आं आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निभाउन दिवसले थप प्रेरणा प्रदान गर्ने आशा राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।