नेकपाले लगायाे राष्ट्रियसभा लागि उम्मेदवारको टुगों, नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको नाम टुगों लगाएको छ । शुक्रबार विहान बसेको पार्टीको सचिवालय बैठकबाट उम्मेदवारको नाम टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधि सभा चुनाबमा गोरखा २ बाट डा बाबुराम भट्टराईसँग चुनाब हारेका नेता श्रेष्ठ गण्डकी प्रदेशमा अन्यबाट उम्मेदवारी दिन लाग्नु भएको हो ।

यी हुन नेकपाका उम्मेदवार 

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल, दलितबाट राधेश्याम पासवान,

प्रदेश ३ मा महिलाबाट गंगा बेलबासे र अन्यमा बेदुराम भुसाल

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने

प्रदेश ५ मा महिलाबाट विमला घिमिरे अपाङ तथा अल्पसंख्यकबाट जकप्रसाद शर्मा अन्यबाट गोपाल भट्टराई

प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसी‍

र सुदुरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट

राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता हुनेछ ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *