सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताउनुभयो ।

“राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता र ट्रेड युनियनको सम्बन्धलाई सुदृढ गर्न नसक्ने हो भने क्रान्तिका उपलब्धि उल्टिन बेर नलाग्ने बताउँदै क्रान्ति पछिको प्रतिक्रान्ति जब्बर हुने भएकाले सबैले आँखा चनाखो र कान ठाडो पार्नुपर्छ भन्नुभयो ।

दुई तिहाइको सरकार भएकाले जनताले अनुभव गर्न खालको काम गर्न ट्रेड युनियन अग्रसर हुनुपर्नेमा जोड दिदैं उहाँले कर्मचारीतन्त्रले स्वच्छ र पारदर्शी प्रशासन देखाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले राज्यले खटाएको जुनसुकै ठाउँमा कर्मचारी जानुपर्ने बताउँदै अहिले एउटा संक्रमणकालको अन्त्य गरिसके पनि संक्रमणकालबाट भने मुक्त हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

निरंकुशतन्त्रको एउटा लडाइँ जितिसकिएको उल्लेख गर्दै उहाँले अब समृद्धिको लडाइँ बाँकी रहेको बताउनुभयो । “मुलुकमा परिवर्तन भए पनि समृद्धि हुन बाँकी रहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “परिवर्तनलाई संस्थागत र संरचनालाई व्यवस्थित गर्न अझ पाँच वर्ष लाग्नेछ ।”

 जनयुद्ध शुरु भएको पाँच वर्षपछि नै नेकपा ९एमाल०े र तत्कालीन नेकपा ९माओवादी० एकअर्काका परिपूरक भएर आन्दोलनमा गएको उल्लेख गर्दै उहाँले दुवै दलका नेताको छलफलले एकअर्कालाई परिपूरकका रुपमा अगाडि बढाएको छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *