नेवाः पुचः यूएईले बकर इदकाे बिदामा खुल्ला भलिबल प्रतियोगिता गर्ने

यूएर्इ ।  बकर इदकाे अबसरमा प्रवासी नेपाली नेवारहरूकाे संस्था नेवाः पुचः यूएर्इले दुबइमा खुला भलिवल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे छ ।  ईस्लाम धर्मालम्बीहरूको महान चाड वकर ईद  बिदाकाे  दिन  अागामी अगष्ट २३ मा प्रतियाेगिता गर्न लागिएकाे  यूएईको वर दुब​ईस्थित एभरेष्ट मार्सल आर्टसको हलमा पत्रकार सम्मेलन गरि  प्रतियाेगिताबारे जानकारी दिइएकाे छ ।

प्रतियाेगिता जुबेल अलिको लेवर क्याम्पको नुजल भलिवल कोर्टमा हुने  पुचःका खेलकुद संयोजक हिरालाल श्रेष्ठले जानकारी दिनुभयाे । प्रतियोगितामा बढीमा १८ टाेलीकाे सहभागिता रहने अायाेजकले जनाएकाे छ ।  प्रत्येक टिममा ९ खेलाडि र १ जना म्यानेजर रहने छन्। खेलाडीको फोटो नाम सहित दर्ता गर्नु पर्ने प्रावधान राखिएकाे छ ।  खेलाडीहरूलार्इ दिउँसोको खानाको ब्यवस्था पुचःले गर्नेछ । पुरुस्कारको हकमा भलिबलको यूएई ईतिहासमा सर्वाधिक धनराशी तय गरिएको छ ।

पहिलो र दोश्रो हुने टिमले ट्रफी मेडल एवम नगद, प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीलार्इ विशेष पुरस्कार प्रदान गर्ने अायाेजकले जनाएकाे छ ।

प्रथम पुरुस्कारको प्रायोजन “नेपाली चुलो” ले गरेकाे छ । यस्तै अन्य पुरस्कारकाे साैजन्य दुबैस्थित नेपाली ब्यवसायी तथा ब्यक्तिहरूले गरेकाे श्रेष्ठले जानकारी दिनुभयाे ।  यस प्रतियोगितामा प्राविधिक सहयोग एभरेष्ट मार्शल आर्ट्सले गर्नेछ भने मिडिया को-अर्डिनेटर नेपाल पत्रकार महासंघ​, यूएईले गर्नेछ । यूएईका तीन र नेपालका तीन मिडियाहरु मिडिया पार्टनर रहनेछन् ।

यस पत्रकार सम्मेलनमा नेवाः पुचःका उपाध्यक्ष राजेश प्रधान​, भबिबल प्रतियोगिता उप​-संयोजक एवम सदस्य रवि शाही, सदस्य मनोज प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *