राजधानी काठमाडाैँ सफा गर्न चीनबाट ल्याइयाे मेसिन

काठमाडौँ । वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो ।

नेपाल र चीनको समृद्धिका लागि गैरसरकारी संस्थाको परिचालनबाट सामाजिक परिवर्तन गर्ने सम्बन्धमा यहाँ भएको तीनवर्षे सहमतिपत्र हस्ताक्षर कार्यक्रममा उक्त साँचो प्रदान गरिएको हो ।

सहमतिपत्रमा नेपालका तर्फबाट समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट र चीनका तर्फबाट चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जका सदस्य सचिव जु रुईले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा नेपालका लागि चीनका राजदूत यु होङ्लगायत उच्च अधिकारी तथा चीनका गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

छेङ्दुले महानगरलाई दिने ब्रुमर युरो मापदण्ड ४ का हुन् । बु्रमरको लम्बाइ आठ दशमलव छ मिटर र चौडाइ तीन दशमलव पाँच मिटरको छ । १५ दशमलव आठ मेट्रिक टन तौल भएका उक्त बु्रमर डिजेलले चल्ने बताइएको छ ।

धुलो पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने उक्त बु्रमरको सात घनमिटर धुलो संकलन र सात घनमिटर पानी बोक्ने क्षमता छ ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने छ । ९८ किमी प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रतिघण्टा तीन किमीदेखि २० किमीसम्म सडक सफा गर्न सक्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *