हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
तत्काल एनसेलसँग कर नलिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्काल एनसेलसँग कर नलिन ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटको बिहीबार सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम दिएकाे हाे ।
विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न आदेशमा भनिएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।
यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम वुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गरेको थियो भने ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड तिर्नुपर्ने जनाइएको थियो ।