आश्मा विश्वकर्मा वायाेग्राफी : उमेर, शिक्षा, हाइट, बी गर्ल यात्रा

काठमाडौँ । बहुचर्चित नृत्यङ्गना आश्मा विश्वकर्मा नेपालकी पहिलो बी गर्लका रुपमा परिचित छिन् । नेपालको चर्चित डान्स क्रिउ कार्टुन कृउकी एक मात्र महिला सदस्य उनको नृत्य, अभिनय र बी बोइङ्गका कारण राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमै युवाहरु माझ निकै लोकप्रिय छिन् ।

नाम : आश्मा विश्वकर्मा
जन्म मिति : १७ जनवरी, १९९६
जन्म स्थान : धरान
पेसा : नृत्यङ्गना, मोडल, एक्टर, वी गर्ल
उचाई : ५ फिट ३ इन्च
शिक्षा :  + २
स्कूल :  नेपाल नेशनल उच्च मावि
आवद्ध :  कार्टुन क्रिउ

धरानमा जन्मिएकी आश्मा विश्वकर्मा पहिलो नेपाली बी गर्ल हुन् । सानैदेखि नृत्य गर्न मन पराउने उनी सन् २००९ देखि ब्रेक डान्स गर्न थालेकी हुन् । त्यसपछि बिस्तारै बी व्वोइङ्गमा लागेकी उनी बिस्तारै युवा पुस्तामा लोकप्रिय बन्दै गएकी छिन् । युवा पुस्ताले रुचाएको बी बोइङ्ग गर्ने उनी पहिलो नेपाली युवती हुन् । त्यसले पनि उनलाई अझ चर्चाको शिखरमा पु¥याएको छ । उनी नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि युवाहरु माझ निकै लोकप्रिय छिन् ।

स्थानीय तथा राष्ट्रिय बिभिन्न प्रतियोगिताहरुमा सहभभागि भएर उत्कृष्ट नृत्य प्रस्तुत गरेकी उनले आर १६ डान्स कम्पिटिसनमा चौथो स्थान प्राप्त गरेकी थिइन् ।

उनको प्रेम सम्बन्धका विषयलाई लिएर बिभिन्न मिडियाहरुमा चर्चा परिचर्चा हुने गरेपनि औपचारिक रुपमा उनले खास खुलाएकी छैनन् । यद्यवी उनीहरुको समूहकै सरोज अधिकारीसँग सम्बन्धमा रहेको भन्ने कुरा आइरहन्छ । तर दुबै जनाले यस विषयमा भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *