हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रिबजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याइँदै, संसदमा पेस हुने मिति ताेकियाे
काठमाडौँ। सरकारले चलनचल्तीकाे संसदीय अभ्यास मिचेर आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम वैशाख २० गते संघीय संसद्मा पेस गर्ने भएको छ । सामान्यतयाः प्रिबजेट छलफलपछि सरकारको नीति तथा कार्यक्रम ल्याउने संसदीय अभ्यास भए पनि योपटक विधमान प्रकृया बिपरित नीति तथा कार्यक्रम पहिले नै ल्याउन लागिएको हो । संघीय संसद् सचिवालयका अनुसार सरकारले नीति तथा कार्यक्रम पेस गर्नेबारे आवश्यकता तयारीका लागि सूचित गरिसकेको छ ।
नीति तथा कार्यक्रम पेस गर्नुअघि सरकारका तर्फबाट अर्थमन्त्रीले कर बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने प्रचलन छ । तर अहि सरकारले त्याे नगरिकनै नीति तथा कार्यक्रम पेस गर्न लागेकाे हाे । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ ।
सरकारले नीति तथा कार्यक्रममा बजेटका प्राथमिकता र सिद्धान्तसमेत पेस गर्नेछ । नीति तथा कार्यक्रममा आधारित भए वार्षिक बजेट पेस गर्ने प्रचलन छ । नीति तथा कार्यक्रम भने जनप्रतिनिधिले पेस गरेका सुझाव समेत आधारमा तयार गरिन्छ । प्रिबजेट छलफलका क्रममा जनप्रतिनिधिले बजेटका सिद्धान्त र कार्यक्रमबारे सुझाव दिने प्रचलन छ । सोही सुझावसमेत समेटेर नीति कार्यक्रम ल्याउने यसअघिको प्रचलन छ ।
प्रिबजेट छलफल बिना नै नीति तथा कार्यक्रम ल्याउन लागिएकाे याे नै पहिलाे पटक भने हाेइन । यसअघि २०७४/०७५ मा पनि यसरी नै प्रिबजेट छलफल नै नगरी नीति तथा कार्यक्रम संसद्मा पेस गरिएको थियो । स्थानीय तहहरुको पुनर्संरचनाको विषयलाई लिएर तत्कालीन प्रमूख प्रतिपक्ष दल नेकपा एमालेले गरेकाे निरन्तर संसद अबराेधका कारण प्रिबजेट छलफल हुन सकेको थिएन । जसका कारण सरकारले उक्त वर्ष पनि प्रिबजेट छलफल बिना नै नीति तथा कार्यक्रम ल्याएको थियो ।