What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
तत्काल एनसेलसँग कर नलिन सर्वोच्चको अन्तरिम आदेश
What To Know
- काठमाडौं । सर्वोच्च अदालतले तत्काल एनसेलसँग कर नलिन ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटको बिहीबार सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम दिएकाे हाे ।.
- विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न आदेशमा भनिएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।.
काठमाडौं । सर्वोच्च अदालतले तत्काल एनसेलसँग कर नलिन ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटको बिहीबार सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम दिएकाे हाे ।
विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न आदेशमा भनिएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।
यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम वुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गरेको थियो भने ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड तिर्नुपर्ने जनाइएको थियो ।






