दूषित पानी पिउँदा एकै गाउँका ६० जना बिरामी

हुमाकान्त पोखरेल
गुल्मी । दूषित पानी पिउँदा मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा ६० जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई अस्पाल भर्ना गरिएको छ । जसमध्ये एकजनाको अवस्था गम्भिर रहेको अस्पता स्रोतले जनाएको छ । स्थानीय ५९ बर्षीय कुमारी सिञ्जालीलाई वामीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि पाल्पा पठाइएको मुसिकोट नगरपालिकाका कार्यकापालिका सदस्य हरी छन्तेलले जानकारी दिनुभयो ।

आइतबार सामान्य रुपमा ४/५ जना बिरामी भएपनि सोमबार २६ जनाजति बिरामी परेका थिए । तर बुधबार साँझबाट एक्कासी मानिसहरु बिरामी पर्न थालेको छन्तेलले जानकारी दिनुभयो ।

गाउँका सबैजसो नै बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय, मुसिकोट नगरपालिकाको वडा नम्बर २, ३ तथा ४ ले संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । बिरामी परेकामध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका श्रीकृष्ण भट्राईले जानकारी दिनु्भयो ।
दजाकोटका अझै पनि ८५ घरधुरी दुषित पानी पिउन बाध्य भएका छन् । करिब तीन बर्ष अगाडी भएको अगालागीपश्चात दजाकोटबासीले नियमित पानी उपभोग गर्न पाएका थिएनन् ।

हाल साविकको वडागाउँ गाविस वडा नम्बर ३ मा पर्ने नुरखोलाबाट बगेको दुषित पानी उनीहरुले उपभोग गर्दै आएको छन्तेलले बताएका छन् । दुषित पानी जाचँ गर्नको लागि जिल्ला खानेपानी तथा सरसफाई डिविजनमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *