काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सात दिनभित्र ३९ अर्ब ६ करोड बढी कर बुझाउन एनसेललाई पत्राचार (पत्रसहित)
काठमाडौँ । ठूला करदाता कार्यालयले एनसेललाई ७ दिनभित्र निर्धारित कर बुझाउन निर्देशन सहितकाे पत्र पठाएकाे छ । कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरि सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न मंगलबार पत्राचार गरेको हाे ।
निर्धारण भए मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ पहिल्यै बुझाइसकेको ठूला करदाता कार्यालय प्रमुख धनिराम शर्माले जानकारि दिनुभयाे । बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बुझाउनलाई पत्राचार भएको शर्माले बताउनुभयाे ।
यस्ताे छ ठूला करदाता कार्यालयले एनसेललाई पठाएकाे पत्र