बन्द होला त टिकटक ?

एजेन्सी । भारत सरकारले लोक प्रिय एप टिकटक एप स्टोरबाट हटाउन गुगल र एप्पल कम्पनीलाई आग्रह गरेको छ । सुप्रिम कोर्टले बच्चाहरुका लागि खतरा रहेको ठहर गरेपछि भारतको सूचना प्रविद्यि मन्त्रालयले उक्त चाइनिज एप हटाउन भनेको हो । पछिल्लो समय युवा पुस्तामा यो एप निकै लोकप्रिय छ । यो एप संसारमा करिब एक सय करोड भन्दा बढी डाउनलोड भइसकेको छ ।

सुप्रिम कोर्टले सोमबार मद्रास हाइकोर्टको तर्फबाट टिकटकमाथि लगाएको प्रतिबन्दमा स्टे दिन अस्वीकार गरेको थियो । त्यसको भोलिपल्ट सरकारले यो कदम उठाएको हो । यद्यपी अदालतमा यससम्बन्धि मुद्धा बिचाराधिन छ । आगामी २२ तारिकमा यसको अन्तिम सुनुवाई हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केही दिन अघि टिकटकले करिब ६० लाख अस्लिल एवं आपत्तिजनक भिडियो डिलिट गरेको जनाएको थियो । तेस्रो पक्षले राखेको भिडियोमा आफूहरुको कुनै दोष नहुने उक्तm कम्पनीको सञ्चालकले बताएको समाचारमा जनाइएको छ ।

टिक टक एक चिनियाँ कम्पनी बाइटडांसको अधिकारभित्रको कम्पनी हो । यो पछिल्लो समय सबैभन्दा बढी मूल्यको स्टार्टअप कम्पनी हो । पछिल्लो केही सालयता तीब्र रुपमा लोकप्रिय बन्दै गएको छ । पहिले यसको नाम म्यूजिकल्ली राखिएको थियो । पछि नाम परिवर्तन गरेर टिकटक बनाइएको हो ।

[irp posts=”5740″ name=”आपत्तिजनक भिडियो हटाउँदै टिकटक, भारतमा ६० लाख भिडियो डिलिट”]

दुनिया भरमा करिब एक अर्व भन्दा बढी डाउनलोड भएको यो एप भारतमा बन्द गरिएको खण्डमा कम्पनीलाई निकै ठूलो धक्का हुने छ । यसलाई भारत र चीनको टेक्नोलोजिकल लडाईँ रुपमा पनि अथ्र्याएका छन् । तर यसबारेमा सम्बन्धित कम्पनीहरुले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । चीन अमेरिकाबीच टेक्नोलोजीको विषयलाई लिएर बिभिन्न बिबादहरु चलिरहेका बेला यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

टिकटकमा अस्लिलता बढेको गुनासो नेपालमा पनि पछिल्लो केही साता यता तिब्र रुपमा चलिरहेको छ । यसले सामाजिक बिकृति मौलाएको धेरैको तर्क छ । हालै नेपाल सकारले पोर्न साइट र पब्जीमाथि प्रतिबन्द लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *