नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गायक सागर पन्थको “गाउँपालिका” बजारमा (भिडियोसहित)
काठमाडौ । नबाेदित गायक तथा सर्जक सागर पन्थको नयाँ लोकदोहोरी गीत ‘गाउँपालिका’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। सार्वजनिक ‘गाउँपालिका’ बोलको गीतमा शब्द, लय गायक स्वयमको छ ।
स्वर भने गायक पन्थको र गायिका पबित्रा सर्तुङ्गे मगरको रहेको छ । शैली क्रियशन मार्फत बजारमा ल्याईएको यो गीतमा सङ्गीत संयोजन रामचन्द्र चन्दको रहेको छ । सन्तोष बस्यालको भिडियो निर्देशन र हुम गैरेले सम्पादन गरेको उक्त गीतको भिडियोमा गायक सागर पन्त र निरुता भट्टराईको अभिनय रहेको छ । गीत शुक्रवार सार्वजनिक गरिएको हो ।
गीतमा गुल्मी जिल्लाको सुन्दर तथा प्रसिद्ध ठाउॅ परिबेशलाई समेटेर त्यसलाई माया प्रेमको माध्यमबाट ती ठाउॅहरुमा बिताइएका पल र सम्झनाहरुलाई स्मरण गर्दै अझै पनि सो ठाउँको मायाँ रहेको कुरा दर्शाइएको छ ।
सागर पन्थको यस अघि पनि बुढी भन्न पाम शिर्षकको कमेडी गीत बजारमा निकै रुचाईएको थियो ।