साइवर अपराध बिरुद्ध शंकरदेव क्याम्पसमा प्रशिक्षण

काठमाडौं ।  चाहे राजनीतिक आन्दोलन होस वा विधार्थी आन्दोलन ? बिगत समयमा पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा सधै अग्र भागमा अाउँछ । तर सदा देखिने दृश्य भन्दा बिल्कुल फरक दृष्य शुक्रबार क्याम्पसमा देखियो । बर्र्दी लगाएका प्रहरी क्याम्पस हाताभित्र देख्ने बित्तिकै लाग्छ की क्याम्पसमा कुनै आन्दोलन हुँदैछ । विभिन्न माग र विद्यार्थीको आन्दोलनमा सुरक्षाका लागि देखिने प्रहरीमाथि धेरै पटक त्यही क्याम्पसमा ढुुङगा हान्न तम्सिने विधार्र्थीहरु जब महानगरीय प्रहरी बृत सिंहदरवारका प्रहरीहरु हातमा ल्यापटप र समुदाय–प्रहरी साझेदारी लेखिएको ब्यानर बोकेर क्याम्पसमा प्रवेश गरे त्यहाँको माहोल नै फरक फरक भयो ।

प्रहरीको प्रशिक्षणका लागि प्रतिक्षारथ विधार्थीहरु क्याम्पस हाताको तल कम्पाउण्ड सम्म ओर्लेर क्याम्पसभित्र प्रवेश गरेका प्रहरीलाई स्वागत गर्दै प्रशिक्षण हल सम्म लिएर गए । महानगरीय प्रहरी बृत सिंहदरवार र शंकरदेव क्याम्पसले आयोजना गरेको साइवर अपराध बिरुद्धको प्रशिक्षण कार्यक्रममा विद्यार्र्थीहरु पूरा समय कार्यक्रममा बसेर उत्सुकतापुर्वक सहभागी भए । यसप्रकारको क्याम्पसको माहोल विरलै हुने गरेको विद्यार्थी दिपक ओझाले अनुभब सुनाए ।

शंकरदेव क्याम्पस र महानगरीय प्रहरी बृत सिंहदरवारले संयुक्त रुपमा चलाएको साइवर अपराध न्युनीकरण विषयक चेतनामुलक प्रशिक्षण कार्यक्रममा क्याम्पसका बीबीएस दोस्रो तहमा अध्यनरत १ सय २० बढी विधार्र्थीहरुको सहभागिता रहेको थियो ।

विशेष गरी आजका युवा पुस्ता जानी नजानी साइवर पराध जस्तो गम्भीर अपराधमा फस्दै गैरहेको अहिलेको अबस्थाबीच समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत क्याम्पसमा पहिलो पटक बिधार्थीहरुलाई साइवर अपराध सम्बन्धी चेतनामुलक प्रशिक्षण दिइएको महानगरीय प्रहरी बृत्त सिंहदरवारका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताउनुभयो । प्रशिक्षणमा साइवर अपराध भनेको के हो? नेपालमा के कस्ता साइवर समस्या रहेको छ ? यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न के–कस्ता उपायहरु अबलम्बन गर्नु पर्दछ? र साइवर अपराधमा संलग्नलाई हुने कानूनी कारवाहीको प्रकृया र व्यबस्थाको बारेमा प्रहरी निरीक्षक पाण्डेले जानकारी गराउनुभएको थियो ।

युवा उमेर समुहबाटै प्रायः साइवर अपराध जस्ता घटना घट्ने र यसको पिडित पनि युवा वर्ग हुने भएकाले युवाहरुलाई यो प्रशिक्षण निकै प्रभावकारी भएको अर्का विद्यार्र्थी विवेक लामाले बताउनुभयो । महानगरीय प्रहरी बृत सिंहदरवारले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायका विभिन्न संघसंस्था तथा विद्यालयमा पुगेर सचेतना मुलक कार्यक्रम गर्दै आएको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *