सामाजिक सुरक्षाको अभियानले देशलाई नयाँ युगमा प्रवेश गराएकाे छ : मन्त्री विष्ट

कौरव खत्री
गुल्मी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले लोकतन्त्र आम जनताको जिवन वदल्न आएको भन्दै सम्वृद्ध नेपाल र सुखि नेपालीको देश नेपाल वताउने अठोट गरेका छन्। महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै मन्त्री विष्टले शिक्षा, स्वास्थ्य लगाएतका अधिकार मौलिक अधिकार भएको र आवश्यक कानुनहरु निर्माण भइरहेको भन्दै छिट्टै कार्यान्वयनमा आउने बताए। प्रविधि युक्त व्यावहारिक शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्न सकिने भन्दै राज्यले त्यसतर्फ लगानी गरिरहेको बताए। सामाजिक सुरक्षाको अभियानले देशलाई नयाँ युगमा प्रवेश गराएको भन्दै केहि वर्षमा निजी, औपचारिक वा अनौपचारीक क्षेत्रमा काम गर्ने सवैलाई सामाजिक सुरक्षा अभियानमा समाहित गरिने र सवैको सुरक्षाको ग्यारेन्टी राज्यले गर्ने बताएका छन् ।

सरकारले यस वर्ष वृद्धभत्ता वृद्धि गरिने भन्दै निर्वाचनको वेला गरिएको सवै प्रतिवद्धता पुरा गरेर छोड्ने बताएका छन्। कृषि प्रधान देशमा १ खर्व वढिको कृषि जन्य सामग्री आयात गर्नुपर्ने विडम्बना रहेको भन्दै सरकारले कृषिमा आत्मनिर्भर गराउने आवश्यक कार्यक्रम संचालन गरिरहेको बताउनुभयो। रोजगारीको लागि सरकारले पहिलो प्राथमिकताका साथ अगाडि वढाएको भन्दै मन्त्रि विष्टले सामान्य हातमुख जोर्नकै लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरे।

देशमा जलश्रोत, वन, खनिज, पर्यटनको प्रचुर संभावना भएको भन्दै यथोचित कार्यक्रम सुरु गरिएको दावी गर्नुभएका मन्त्रि विष्टले उत्तरगंगा जलासय युक्त परियोजना बागलुङ गुल्मीकै भागमा वन्नुपर्ने बताएका छन्।

भारत र चिनवाट रेल ल्याउने, पानिजहाज चलाउने प्रक्रिया अगाडि वढिरहेको भन्दै विकासमा कसैले पनि राजनिति नगर्न सुझाउँदै राजनैतिक विकृतिलाई हटाउँदै सवैको एकतावद्धतावाट मात्रै देशलाई विकास गर्न सकिने मन्त्रि विष्टले बताए।

रिडि रुद्रवेणी, वामीटक्सार, सडक कालोपत्रैको लागि प्रक्रिया अगाडि वढाउँदै गरेको वताउँदै वामीटक्सारमा १५ शैयाको हस्पिटल स्वीकृत भैसकेको र ५० शैयाको लागि प्रक्रियामा गएको बताए।

अवको एक वर्ष भित्र खरका छाना हटाउन स्थानिय तहलाई निर्देशन दिँदै, गुल्मीका निर्वाचन क्षेत्रलाई सुरक्षीत आवास सहितको निर्वाचन क्षेत्र घोषणा गर्ने उद्घोष गरे।

‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारा सहित सुरु गरिएको श्रीमद्भागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ २०७५ को उद्घाटन कार्यक्रममा प्रदेश नं. ५ का विशेषाधिकार समितिका संयोजक, प्रदेश सांसद कमलराज श्रेष्ठले अवको शिक्षा सिपको लागी, सिप श्रमको लागि र श्रम समृद्धिको लागि हुनुपर्ने वताए । संविधान अनुसार शिक्षा सरकारको जिम्मेवारी भएको वताउनु भयो। पहिलो अशिक्षाको समस्या भएको तर हाल शिक्षाकै समस्या रहेको वताए । विद्यार्थी सर्टिफिकेट वोकेर भौतारिनुपरेको भन्दै विनायोजनाको शिक्षले समस्या निम्ताएको दावी गरे। प्राविधिक शिक्षा सुरु गर्दा पनि व्यावहारिक पक्षलाई ध्यान दिनुपर्ने वताए। मानिसलाई भौतिक सुखले मात्रै मान्छे खुसि हुन नसक्ने भन्दै आत्मिक सुख हुनुपर्ने वताए।

त्यस्तै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले शिक्षा मौलिकहक भएको भन्दै सामाजिक पूँजीको महत्वपूर्ण धार शिक्षालाई राज्यले पूर्ण जिम्मेवारी लिन केहि समय लाग्ने भन्दै स्थानियको सहयोग आवश्यक भएको वताए ।

कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा हाल मदाने गाउँपालिकाका अध्यक्ष दान वहादुर केसिले शिक्षाको विकासवाट मात्रै समाज रुपान्तरण हुने र त्यसमा नागरिकको सहयोग अपरिहार्य रहेको भन्दै महायज्ञको लागि सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा रुद्रावति वहुमुखि क्याम्पसका पूर्व प्रधानाध्यापक हिरामणि अर्यालले शिक्षामा गरेका लगानी खेर नजाने भन्दै मन फुकाएर सहयोग गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रि केपि शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि कार्यव्यस्तताको कारण आउन नसकेपछि मन्त्रि विष्टले कार्यक्रमको उद्घाटन गरेका थिए।

भागवत भाष्कर कमलनयन गौतमलेले प्रवचन गर्ने महायज्ञ फागुन १३ देखि २० सम्म चल्ने आयोजकले जनाएको छ।कार्यक्रममा ५ लाख भन्दा वढि सहयोग गर्ने सहयोगदाता, विद्यालयका पूर्व विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानाध्यापक, अतिथि लगाएतलाई सम्मान गरिएको थियो।

इन्जिनियरिङ सहितको प्राविधिक शिक्षा सञ्चालनको उद्धेश्य सहित संचालन गरिने कार्यक्रमको लागि पहिलो दिन सम्म झण्डै साढे ३ करोडको वोल भैसकेको महोत्सव सचिवालयले जनाएको छ । जसअनुसार विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मुसिकोट नगरपालिका वडा नं. ७ निवासी भुवन केसिले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ । त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ७ कै गणेश तथा इश्वरी सापकोटाले ६ लाख ६१ हजार ६ सय ६१, मुसिकोट नगरपालिका वडा नं. ७ कै चुरामणि सापकोटाले ५ लाख ११ हजार ९ सय ९९, मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल क्यानडामा रहनुहुने लेखनाथ सापकोटाले ५ लाख ५५ हजार ५ सय ५५, मुसिकोट नगरपालिका वडा नं. ७ कै कृष्ण प्रसाद सापकोटाले ३ लाख ३३ हजार ३ सय ३३, मुसिकोट नगरपालिका वडा नं. ७ कै किसोर वौद्धचार्यले ३ लाख ३३ हजार ३ सय ३३, तथा मुसिकोट नगरपालिका वडा नं. ८ का भिम वहादुर रायमाझिले ३ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गर्नुभएको छ । हाल सम्म झण्डै ४ सय जना भन्दा वढि दानविरहरुले सहयोग रकम बोलगरेको सचिवालयले जनाएको छ ।

वि.सं. २०१६ सालमा तत्कालिन राजा महेन्द्र र प्रधानमन्त्रि विपि कोइरालाको भ्रमण संगै स्थापना भएको विद्यालयले २०४२ सालमा माध्यमिक तह संचालन तथा २०६२ मा क्याम्पस संचालनको लागि श्रीमद्भागवत धन धान्यान्चल महायज्ञ गरेको थियो।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *