What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
बागलुङ युनेश्को क्लवद्वारा विद्यालयमा सिरक हस्तान्तरण
What To Know
- फाइबर सिरक हस्तान्तरण कार्यक्रमकाे अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले बागलुङ युनेश्को क्लवले संस्था स्थापनासँगै यस्ता महत्वपूर्ण कार्यक्रम गरेकाेले छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई चिसो मौसममा न्यानो फाइवर सिरकले धेरै सहयोग पुर्याउने बताउनु भयो ।.
- त्यस्तै बागलुङ युनेश्को क्लवका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आफुहरुले शिक्षा क्षेत्र सँगै सामाजिक क्षेत्रमा काम गर्ने गरी क्लव स्थापना गरिएको भन्दै नागरिकको नजिक रहेर क्लवले काम गर्ने बताउनुभयो । साथै उहाँले विद्यालयकाे छात्रावासमा बसेर अध्ययन गर्दै आइरहेका विद्यार्थीहरूलाई १६ थान फाइवर सिरक र शैक्षिक सामग्री वितरण गरिएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयो ।.
बागलुङ। बागलुङ युनेश्को क्लवको आयोजनामा ढोरपाटन नगरपालिका ३ सामा स्थित जनकल्याण आधारभूत विद्यालयमा रहेको छात्रावासमा बस्दै आएका विद्यार्थीलाई लक्षित गर्दै न्यानो फाइबर सिरक हस्तान्तरण गरिएको छ ।
फाइबर सिरक हस्तान्तरण कार्यक्रमकाे अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले बागलुङ युनेश्को क्लवले संस्था स्थापनासँगै यस्ता महत्वपूर्ण कार्यक्रम गरेकाेले छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई चिसो मौसममा न्यानो फाइवर सिरकले धेरै सहयोग पुर्याउने बताउनु भयो ।

त्यस्तै बागलुङ युनेश्को क्लवका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आफुहरुले शिक्षा क्षेत्र सँगै सामाजिक क्षेत्रमा काम गर्ने गरी क्लव स्थापना गरिएको भन्दै नागरिकको नजिक रहेर क्लवले काम गर्ने बताउनुभयो । साथै उहाँले विद्यालयकाे छात्रावासमा बसेर अध्ययन गर्दै आइरहेका विद्यार्थीहरूलाई १६ थान फाइवर सिरक र शैक्षिक सामग्री वितरण गरिएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि एवम् युवा नेता टेकराज पौडेलले युनेश्को आफैमा सामाजिक संस्था रहेको र संस्था स्थापनासँगै पश्चिम बागलुङमा शिक्षा क्षेत्रमा गरिएको लगानी अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष समशेर वि.क., कोषाध्यक्ष योगेन्द्र परियार,सदस्य नरिश्वर घिमिरे, जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष ढाल बहादुर पुन, विद्यालयका प्रध्यानाध्यापक युवराज छन्त्याल,समाजसेवी लोक बहादुर विश्वकर्मा लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको थियो ।
कार्यक्रम क्लवका उपाध्यक्ष समशेर विकको स्वागतसँगै शुरू भएको कार्यक्रमकाे सञ्चालन भने भिम कुमारी क्षेत्रीले गर्नु भएको थियो।







