What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

इजरायल-हमास युद्धमा २१०० भन्दा बढीको मृत्यु, १५० इजरायली हमासको बन्धक
What To Know
- इजरायल र हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या २१ सय नाघेको छ । इजरायल र हमासबीचको यो युद्ध पाँचौं दिनमा पुगेको छ ।.
- इजरायली प्रसारक कानले बुधबार हमासको आक्रमणमा करिब १,२०० मानिस मारिएको जानकारी दिएको छ। मृत्यु हुनेमा विदेशी नागरिक पनि रहेको त्यहाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस द्वन्द्वमा हालसम्म २ हजार ८०६ जना घाइते भएका छन् । संयुक्त राष्ट्र एजेन्सीले पछिल्लो २४ घण्टामा गाजा पट्टीबाट २ लाख ६३ हजार ९३४ विस्थापित भएको जनाएको छ । अब यो संख्या द्रुत गतिमा बढ्ने सम्भावना छ ।.
काठमाडाैं । इजरायल र हमास युद्ध: इजरायल र हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या २१ सय नाघेको छ । इजरायल र हमासबीचको यो युद्ध पाँचौं दिनमा पुगेको छ ।
बुधबार पनि आक्रमणले तिब्रता पाएको छ । गाजा पट्टीमा जारी द्वन्द्वका कारण मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आतङ्ककारीहरूलाई पूर्ण रूपमा समाप्त गर्न आदेश जारी गरेका छन्।
इजरायली प्रसारक कानले बुधबार हमासको आक्रमणमा करिब १,२०० मानिस मारिएको जानकारी दिएको छ। मृत्यु हुनेमा विदेशी नागरिक पनि रहेको त्यहाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस द्वन्द्वमा हालसम्म २ हजार ८०६ जना घाइते भएका छन् । संयुक्त राष्ट्र एजेन्सीले पछिल्लो २४ घण्टामा गाजा पट्टीबाट २ लाख ६३ हजार ९३४ विस्थापित भएको जनाएको छ । अब यो संख्या द्रुत गतिमा बढ्ने सम्भावना छ ।
हमासले इजरायली सेनाका ५० देखि १०० जनालाई बन्धक बनाएको छ । यसमा बालबालिका र महिला पनि रहेकाे समाचारमा जनाइएकाे छ । हमासले उनीहरूलाई गाजामा लगेको छ। प्यालेस्टिनी सशस्त्र समूह हमासले १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ । यी सबै बन्धकहरू गाजामा मात्र रहेकाे जनाइएकाे छ ।
इजरायली हमलामा ९०० जनाको मृत्यु
हमासको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको संख्या ९०० पुगेको दावी गरेको छ । जसमा १५ प्यारामेडिक, २० पत्रकार र ४ हजार ५०० घाइते भएका छन् । २६० बालबालिका र २३० महिलाको पनि मृत्यु भएको छ । २२ परिवार पूर्ण रुपमा ध्वस्त भएका छन् ।
गाजामा औषधिको अभाव:
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको स्वास्थ्य प्रणालीमा हाल ४४ प्रतिशत औषधि, ३२ प्रतिशत चिकित्सा उपभोग्य सामग्री र ६० प्रतिशत प्रयोगशाला र रक्त बैंक आपूर्तिको गम्भीर अभाव छ। बिजुली आपूर्ति पनि बन्द छ ।