अफगानिस्तानमा फेरि भूकम्प

एजेन्सी । अफगानिस्तानमा बुधबार (अक्टोबर ११) बिहान फेरि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अफगानिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा आज बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको तीव्रता ६ दशमलव ३ रिक्टर स्केल मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनमुनि १० किलोमिटर गहिराइमा रहेकाे बताइएकाे छ ।

गत शनिबार (अक्टोबर ७) मा पनि अफगानिस्तानमा गएको विनाशकारी भूकम्पका कारण धेरैको ज्यान गएको थियाे । शनिबार हेरात प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी ४ हजार जनाको मृत्यु भएको थियो । त्यस प्रदेशका २० गाउँका करिब २ हजार घर पूर्णरुपमा भत्किएका छन् ।

संयुक्त राष्ट्र संघको मानवीय कार्यालयले अफगानिस्तानमा गएको विनाशकारी भूकम्प पीडितका लागि ५० मिलियन डलर सहयोगको घोषणा गरेको छ ।  अफगानिस्तानकाे स्वास्थ्य सेवा प्रणाली धेरै हदसम्म विदेशी सहायतामा निर्भर छ। तालिबान सत्तामा आएको दुई वर्षमा त्यसले ठूलो कटौतीको सामना गरेको छ । बाहिरबाट आउने धेरैजसो सहायता रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *