What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बालुवाटार जग्गा प्रकरणका अभियुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
What To Know
- .
काठमाडाैं । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पाँच लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।
बस्न्यातले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।
ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । कारागारमा रहँदा कोरोना संक्रमण भएपछि उनको तर्फबाट अधिकारीले वन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् । आफु मुटुको रोगीसमेत भएकाले धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग थियो ।








