नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

काेराेनाबाट ५० जनाकाे मृत्यु, ९ हजार बढी संक्रमित थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।
त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।