हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
चिनियाँ राजदूतले एकाबिहानै डल्लु पुगेर भेटिन झलनाथ खनाल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चलेको शक्ति संघर्षका कारण पार्टी नै फुटको संघारमा पुगेको चर्चा चलिरहँदा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।
उनले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएकी छिन् । होउले मंगलबार बिहान नेकपाका बरिष्ठ झलनाथ खनाललाई उहाँकै निवास डल्लु पुगेर भेटवार्ता गरेकी छिन् । करिब ४५ मिनट भएको कुराकानीमा आपसी हीतका बारेमा सामान्य छलफल भएको बुझिएको छ ।
नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ । चिनियाँ राजदूत होउले आइतबार साँझ नेकपाकै बिदेशविभाग प्रमुख समेत रहेका माधव कुमार नेपालसँग पनि भेटघाट गरेकी थिइन् ।
यसअघि नेकपामा यसरी नै विवाद हुँदा राजदूत होउले वैशाख १९ गते प्रचण्ड र नेपालसँग निवास मै पुगेर छुट्टा–छुट्टै भेटवार्ता गरेकी थिइन् । ०००