नेकपाको विवाद तत्कालका लागि साम्य हुने संकेत

काठमाडौँ । सत्तारुढ नेकपाभित्रको विवाद तत्कालका लागि साम्य हुने संकेत देखिएको छ ।

नेकपाको घर झगडामा देखिएको विदेशी चाँसो र दुई अध्यक्षबीचको पछिल्लो संवादले यस्तो संकेत गरेको हो । सोमबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको एक्ला–एक्लै वार्तापछि सत्तारुढ दलकै नेताले अवस्था सामान्य हुन लागेको अड्कल गर्न थालेका छन् ।

पछिल्लो भेटमा ओली नरम रुपमा प्रस्तुत भएको भन्दै प्रचण्डले नेताहरुलाई जानकारी गराउनु भएको छ । एक्ला–एक्लै भेटमा दुई अध्यक्षबीच आवश्यक परे वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नेसम्मको कुरा भएको बताइएको छ ।

तर, दोस्रो तहका नेताले विदेशी कुटनीतिज्ञसँग गरेको भेटघाटले कुरा विगार्ने अड्कल काटिए पनि शीर्ष दुई नेताबीचेको भेटघाट र प्रमुख प्रतिपक्षले गरेको छलफलले वातावरण थप नविग्रने अनुमान लगाउन थालिएको छ ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *