कोरोना अपडेट : घट्दैछ नेपालमा संक्रमण दर

काठमाडौँ । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दर घट्दै गएको छ । गत बुधबार नेपालमा एकै दिन सबैभन्दा धेरै ८ सय ८६ जना संक्रमित देखिएका थिए, परीक्षणको तुलनामा १६.५ प्रतिशत हो । यो दर मंगलसम्म आइपुग्दा घटेर ३.३ प्रतिशत पुगेको छ ।

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित भएका छन् । यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै मंगलबार ६ सय ८८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पीसीरआर परीक्षण भएको छ । त्यस्तै हाल आइशोलेशनमा ८ हजार ६ सय ३४ जना र क्वारेन्टाइनमा २५ हजार ७ सय २७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *