What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
अवैध घरेलु मदिरा नष्ट
जमुना गजुरेल
बिदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका चौकीले कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी गाउँ र शहरका भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई तीन सय लिटर घरेलु मदिरा फेला पारेर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।
प्रनि फुयाँलका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिने छ ।






