काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता…
च्याउ खाँदा ६ बिरामी
दाङ । बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार राप्ती गाउँपालिका वडा नं २ बराहखुटी निवासी व २० बर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना, सोही वडाका ५० वर्षीया टीका कुमाल, २२ वर्षीया सरस्वती कुमाल, १७ वर्षीया सुस्मिता कुमाल र तीन वर्षीया कृतिका कुमाल बिरामी परेका हुन् ।
उनीहरुले आज मध्याह्न १२ बजे घर नजीकै रहेको खेतमा भेटिएको च्याउ खाएका थिए । बिरामीको लमही अस्पतालमा उपचार भइरहेको छ ।