पाल्पामा एकै दिन थपिए १२१ कोरोना संक्रमित

सुनिल कार्की
पाल्पा । जिल्लामा कोरोना संक्रमितको संख्या तिव्र रुपले बढ्न थालेको छ । पाल्पामा विहिबार मात्र १२१ जना कोरोना संक्रमण पुष्टी भएको हो । जिल्लाका सबै स्थानीय तहले कोरोना परिक्षणको दायरा पढाउन भिटिएम किट मेसिन आफंै खरिद गरि स्वाब संकल सुरु गरेपछि पाल्पामा कोरोना संक्रमितको संख्या बढेको छ ।

पाल्पामा छिमेकी मुलुक भारतसहित खाडीमुलकबाट आएका नागरिकको स्वाब संकलन सम्बन्धित स्थानीय तहले नै गरि परीक्षणको लागि प्रदेश प्रयोगशाला भैरहवा, चितवन र केन्द्रिय प्रयोगशाला काठमाडौँ पठाउने गरेका छन् । पाल्पामा बिहीबार थपिएका कोरोना संक्रमित मध्ये निस्दी गाउँपालिकाका ८७ पुरुष र ६ महिला गरि ९३ जना, पुर्वखोला गाउँपालिका १८ जना पुरुष, रम्भा गाउँपालिकाका ६ जना पुरुष, तानसेन नगरपालिका ३ जना पुरुष र तिनाउ गाउँपालिका १ जना पुरुष गरि १ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल प्रर्सन श्रीकृष्ण भट्राईले जानकारी दिनुभयो ।

निस्दी गाउँपालिकाका ९३ जनाको चितवन स्थित भरतपुर कोभिड अस्पताल र बाँकी स्थानीय तहको प्रदेश प्रयोगशाला भैरहवा र केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षण भएको थियो । योसँगै पाल्पामा संक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।

जिल्लामा संक्रमित बढे सँगै पालिकाहरुलाई आइसोलेशन व्यवस्थापनमा कठिनाई भएको छ । रैनादेवी छहरा, पूर्वखोला र निस्दी गाउँपालिकाले आइसोलेशनको अभावमा संक्रमितहरुलाई क्वारेन्टाइनमै राखेका छन । निरन्तरको वर्षाले गाउँ–गाउँका ग्रामीण सडक पहिरोले अवरुद्ध भएकोले संक्रमितहरुलाई तानसेनको आईसोलेशनमा ल्याउन नसकेको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *